site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवा खेलिरहेका सातजना डिल्लीबजारबाट पक्राउ
प्रतीकात्मक तस्बिर

काठमाडौंं । प्रहरीले काठमाडौंको डिल्लीबजारबाट जुवा खेलिरहेका सातजनालाई पक्राउ गरेको छ ।

डिल्लीबजारस्थित गोपिनी महर्जनको घरमा जुवातास खेलिरहेका ओखलढुङगा सिद्धिचरण नगरपालिका–२, ठुलाछापका ४२ वर्षीय श्यामकाजी खत्रीसहित सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३३ हजार ५०५ रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्