site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से १४.८१ अंकले घट्यो, सबै उपसमूहको सूचक ओरालो 

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ । 

यसदिन ३१२ धितोपत्रको ५४ लाख ७१ हजार ०६८ कित्ता सेयर दुई अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आज हाइड्रोपावर उपसमूहको समूहगत सूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ । १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्