site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक सुरु 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएकोे छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

यही वैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारीका निम्ति बैठक बसेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावारीस्थित सनराइज हलमा बस्ने तय छ ।

आजको बैठकमा कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका विषयमा पनि छलफल गरिने बताइएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्