site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा आँधी : एकजनाको मृत्यु, १० जनाभन्दा बढी घाइते
तस्बिर : सिन्ह्वा ।

काठमाडौं । टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एकजनाको मृत्यु भएको छ । १० जनाभन्दा बढी घाइते छन् ।

क्षेत्रभर १०० भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौँ मानिस विद्युत्को पहुँचबाट टाढिएका छन् । मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एकजनाको मृत्यु भएको बताइएको छ ।

हालसम्म तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्