site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ९.१९ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमापक नेप्से परिसूचक बढेको छ । नेप्से ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुग्यो ।

१३ उपसमूहमध्ये यस दिन १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

३१५ धितोपत्रका ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर चार अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँमा किनबेच भयो ।

जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्