site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ ।

बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए । भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागिएको श्रेष्ठले बताए ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्