site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी
तस्बिर : अस्मिता क्षेत्री

काठमाडौं । काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी भएको छ । 

काठमाडौंका एसपी नवराज अघिकारीले सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमा आगलागी भएको जानकारी दिए ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र बलको केन्द्रीय स्टोरमा आगलागी भएको हो । त्यहाँ देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो ।

अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको थानकोट प्रहरीले जनाएको छ ।

थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको उनले बताए ।

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्