site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकीका मुख्यमन्त्रीको निर्णय : ओपीडी सेवा १२ घण्टासम्म

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएलगत्तै स्वास्थ्यसम्बन्धी निर्णय गरेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको केही बेरपछि शपथ खुवाएका थिए ।

शपथप्रहणलगत्तै मुख्यमन्त्रीको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका अधिकारीले जिल्ला अस्पतालहरूमा बिहान ७ देखि बेलुका ७ बजेसम्म ओपीडी सेवा खुला गर्ने निर्णय गरे ।

तर, प्रदेश प्रमुखको यो नियुक्ति विवादमा परेको छ । प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा छ । कांग्रेसले शपथग्रहण समारोह समेत असंवैधानिक भन्दै बहिष्कार गर्‍यो ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीले भने तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीसँगै नेकपा (माओवादी केन्द्र)का तर्फबाट हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) मन्त्री बनेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्