site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला अदालत चितवनले माओवादी पूर्वलडाकु कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्याको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ परेका खामलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

श्रेष्ठलाई २०६४ सालमा कोटेश्वरबाट चितवन पुर्‍याएर हत्या गरिएको थियो । चोरीका आरोपमा तत्कालीन तेस्रो डिभिजन कार्यालय शक्तिखोर पुर्‍याएर उनको हत्या गरिएको थियो । त्यतिबेला खाम तेस्रो डिभिजन कमाण्डर थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्