site stats
बाह्रखरी :: Baahrakhari
कला
राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बाह्रखरीलाई जानकारी दियो ।

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्