site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई चौथो सफलता, नारायणले लिए पहिलो विकेट 

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नारायण जोशीले नेपाललाई चौथो सफलता दिलाएका छन् ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याइरहेको वुल्भ्सले ७.१ ओभरमा चौथो विकेट गुमाएको हो । निल रकलाई नारायणले कमलसिंह ऐरीबाट क्याच गराए ।

जारी खेलको आठ ओभर समाप्त हुँदा वुल्भ्सले चार विकेट गुमाएर ६२ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्