site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा आगलागीबाट ५० लाखको क्षति
प्रतीकात्मक तस्बिर ।

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–३ मा आज भएको आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत् सर्ट भई आगलागी हुँदा मियाँका साथै उनका बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रसिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेर नष्ट भएको कोसी–३ का वडाध्यक्ष सुलेमान मञ्सुरीले जानकारी दिए ।

आगलागीबाट नगदसहित, धान, गहुँ, चामल, गरगहना, लत्ताकपडा, चौपायालगायतको क्षति भएको उनको भनाइ छ ।

कोसी गाउँपालिका, इनरुवा, रामधुनी र इटहरीको बारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २३:२०
प्रतिक्रिया दिनुहोस्