site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भन्सार र निर्माणमुखी विधेयकलाई दफावार छलफलका निम्ति पठाइयो समितिमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० सदनमा प्रस्तुत गरिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरे ।

यस्तै, उनले भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । यो विधेयक अर्थ समितिमा पठाइएको छ ।

बैठकबाट निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई समेत दफावार छलफलका लागि समितिमा पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदनमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १९ गते (भोलि) बिहान ११ बजेसम्मका निम्ति स्थगन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्