site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले पदबाट दिएको राजीनामा स्वीकृति गरिएको बताए ।

उपाध्यक्ष अर्यालले बिहीबार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी हुन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपाध्यक्ष भएकी अर्यालले नयाँ सत्ता समीकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्