site stats
बाह्रखरी :: Baahrakhari
देश
एक वर्षमा देशभर ६० हजार उजुरी, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौं । पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको छ । देशभरका २२१ मुद्दा चल्ले कार्यालयमा उक्त उजुरी परेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए ।

तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा उजुरी परेको उनले बताए । सबैभन्दा बढी उजुरी उपत्यकाका प्रहरी कार्यालयमा र कम कर्णाली प्रदेशमा परेको देखिएको छ ।

डीआईजी ढकालका अनुसार, बैंकिङ कसुरबाहेक अरू विभिन्न अपराधमा उजुरी परेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्