site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चौबिस स्थानमा जीवन विकास लघुवित्तको साक्षरता कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २४ स्थानमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी विक २०२४’ को अवसर पारेर चैत दोस्रो सातासम्म गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । लघुवित्तले जनाएअनुसार चैत ५ गते झापाको पथरिया, तेह्रथुमको वसन्तपुर, सिरहाको कर्जन्हा, सप्तरीको बोदेबर्साइनबाट अभियान सुरु भएको थियो । 

झापा, संखुवासभा, सिरहा,सप्तरी, इलाम, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको लघुवित्तका प्रवक्ता सुदीपकुमार मण्डलले बताए ।

२४ वटा शाखाले आफ्नो शाखाका उत्कृष्ट ३ जनाका दरले ७२ जना सफल उद्यमी, ७२ जना उत्कृष्ट बचतकर्ता र ७२ जना उत्कृष्ट ऋणीलाई लघुवित्तले पुरस्कृत गरेको छ । एक सय २० जना विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको जनाइएको छ । 

जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा कार्यालयमार्फत २४ जिल्लामा तीन लाख २४ हजार ५ सय ७२ सदस्यसँग वित्तीय सेवा पुर्‍याइरहेको छ । लघुवित्तले सदस्यका लागि २६ अर्ब ६६ करोड, ८१ लाख,२८ हजार ६ सय १५ रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्