site stats
बाह्रखरी :: Baahrakhari
देश
धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन भएकी छन् । ओशो ध्यानका लागि भारतको गोवामा रहेकी हमालकी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन बनेकी हुन् ।

मंगलबार सामाजिक सञ्जालबाट आरती सम्पर्कविहीन भएको जानकारी गराएका मेयर हमालले खोजीमा सहयोग गरिदिन गोवामा रहेका शुभचिन्तकलाई आग्रह गरेका छन् ।

"हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु," हमालले फेसबुकमा भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्