site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्री थपिए, जसपा सांसद कार्की वन राज्यमन्त्री नियुक्त 

काठमाडौं । मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् । 

कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । वन तथा वातावरणमन्त्रीमा जसपाकै नवलकिशोर साह मन्त्री छन् । धनुषा–१ बाट निर्वाचित कार्की जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन् ।

Rastrapati-Mantri-1711358122.jpg
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्