site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन ओलीको आग्रह
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्ने गरी होली पर्व मनाउन आग्रह गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए । होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माणका निम्ति योगदान गर्न प्रेरणा मिल्ने उनले बताए ।

निर्वाचनताका धेरै अबिर लगाउँदा आफू बिरामी पर्ने गरेको उनले उल्लेख गरे । उनले पछिल्ला केही निर्वाचनमा जितपछि अबिर नलगाई विजयोत्सव मनाउने गरेको बताए ।

“म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी । उत्सव मनायो, अबिरले छोप्यो,” उनले भने, “सात दिनसम्म खोक्दा पनि अबिर आउँछ । श्वास फेर्दा पनि त्यस्तै हुन्छ । स्याँक्क गर्‍यो अबिर आउँछ, अनि १०३ डिग्री ज्वरो आउँछ । साथीभाइहरूले लगाइदिन्छन्, लगाइदियो कि बिरामी । त्यसैले मैले अबिर लगाउन छोडेँ ।” 

अध्यक्ष ओलीले विकृति नफैलने गरी होली पर्व मनाउनुपर्नेमा जोड दिए । उनले इच्छाविपरीत होली नखेल्न पनि आग्रह गरे । होली पुरानो पर्व भएको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्