site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको प्रश्न : पुन पक्राउ पर्दा लामिछानेलाई गृहमन्त्री, उहाँ स्वर्गबाट आएको हो ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अर्को बैठकमा सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबने सदन नचल्ने चेतावनी दिएको छ । 

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद इश्वरीदेवी न्यौपानेले समिति नबनेर सदन चल्न नसके दोष सत्ता पक्षले लिनुपर्ने बताइन् । उनले भनिन्, “आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने हामीलाई होइन उहाँहरूलाई सदन चाहिएको रहेनछ भन्ने बुझ्नेछौँ ।” 

Argakhachi Cement Island Ad

उनले बालकुमारी घटनामा उफ्री उफ्री समिति बनाउनुपर्छ भन्ने उनै लामिछाने आफ्नो विषयमा समिति बन्नुपर्छ भनेपछि किन अटेर गरेको भन्दै प्रश्न गरिन् । “छानबिन समिति गठन गर्न किन डराएको ? बालकुमारी घटनाको विषयमा उफ्री उफ्री कुदेको हैन, उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा किन भागेको ? उहाँ स्वर्गबाट आएको हो ? हामी मात्र यहाँको जन्मिएको उहाँ चाहिँ स्वर्गबाट आएको । यसले झन् शंका उब्जाएको छ,” उनले भनिन् । सांसद न्यौपानेले मंगलबार प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिएको जवाफमा समेत आपत्ति जनाइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको कुरामा आपत्ति जनाउँदै न्यायाधीश हो भन्दै उनले प्रश्न गरिन् । “हिजो प्रधानमन्त्री न्यायाधीश जस्तो बोल्नुभयो । उहाँ न्यायाधीश त हैन होला नि विगतमा आफ्नै पार्टीको गृहमन्त्री हुँदा दिएको निर्देशन काटेर बोल्न,” उनले भनिन् । 

लामिछानेले प्रमाण नष्ट गर्न गृह मन्त्रालयमा हाम फालेर गएको आरोप लगाउँदै उनले विगतमा पनि नागरिकता कान्ड घटेको उल्लेख गर्दै भनिन्, “स्वार्थ बाझिन किन मन्त्रालय चाहिएको रहेछ भनेको हिजो नागरिकता विवाद मिलाउन आज सहकारी विवाद मिलाउनु रहेछ त्यसैले चाहिएको रहेछ ।” 

सांसद न्यौपानेले आफ्नो र आफ्नो बच्चाको पेट काटेर १०,२० रूपैयाँ जम्मा गरेको पैसा हिनामिना भएको र त्यो हिनामिना प्रकरणमा लामिछाने मुछिएको दाबी गरिन् । “यो हामीले भनेको हैन । सूर्यदशर्न सहकारी पीडितले उजुरी गरेपछि गठन गरेको विज्ञ टोलीको प्रतिवेदनको पृष्ठ ७८ मा उल्लेख गरेको कर्जा ११६४४५६ खडा गरी खातामा पैसा गएको छ । रकम एक करोड उल्लेख छ,” उनले अगाडि भनिन् । गोर्खा मिडिया नेटवर्क खोल्दा १५ प्रतिशत सेयरवापत एक करोड सुप्रिम सहकारीबाट लिएको कम्पनी रजिष्ट्रार कार्यालयमा उल्लेख भएको भन्दै यो विषयमा जवाफ माग्दा प्रधानमन्त्री प्रचण्ड बचाउमा उत्रिएको आरोप उनको थियो ।

“प्रधानमन्त्री हिजो जवाफ दिँदा भित्र र बाहिर जसरी प्रस्तुत हुनुभयो, पेट काटेर ४–४ पैसा जम्मा गरेका तपाईं स्वयंम्लाई प्रत्यक्ष भेटे पीठा पोखेकामाथि घात र राज्यको कानुन माथिको खेलवाड हैन यो ? आफैँले आफैँलाई सोध्नु त प्रधानमन्त्रीज्यू,” उनले भनिन्, “यो विषय भर्खर कांग्रेसले उठायो भन्नुभयो । के प्रधानमन्त्री सुत्नु भएको थियो । सत्तामा हुँदा होस् वा प्रपितक्षमा बस्दा होस् यो विषय जोडदार माग उठाएको हो, पटकपटक उठाउँदै आएको हो पटकपटक राख्दै आएको हो ।” 

गृहमन्त्रीले रकम लिएको छैन भन्ने प्रधानमन्त्रीले फर्छौट भयो भनेर भन्ने आखिर ढाँटेको कसले हो भन्ने प्रश्न उनको थियो । लामिछानेले पैसा नलिएको भए फर्छौंट कसरी भयो ? लिएको भए गृहमन्त्रीलाई त्यसरी बचाउनु पर्छ ? भन्ने प्रश्न उनले उठाइन् । “प्रधानमनत्रीले प्रमाण छैन हिनामिना छैन भन्नुभयो । दिपेश पुन पक्राउ पर्ने उहाँ गृहमन्त्री खाएर बस्ने ?,” उनले अगाडि प्रश्न गरिन् ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्