site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछाने र वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै नेविसंघको राँके जुलुस

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्न माग गर्दै राँके जुलुस निकालेको छ । मंगलबार साँझ उनीहरूले पाटन क्याम्पस गेट अगाडि नाराबाजीसहित राँके जुलुस निकालेका हुन् ।

वर्तमान सरकारका मन्त्रीहरू सहकारीकाे रकम अपचलन, सुन तस्करी, दाेहाेराे नागरिकतासहितका काण्डमा मुछिएकाले विरोधस्वरूप राँके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सराेज घाेरासैनीले बताए ।

कांग्रेसले संसद्‌मा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

"काण्डैकाण्डमा मुछिएका मन्त्रीहरू बर्खास्त नगरिए नेविसंघ निरन्तर सठक आन्दाेलन जारी राख्छ," नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले भने ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्