site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखराको काहुँ डाँडामा भीषण आगलागी

काठमाडौं । कास्कीको पोखरास्थित काहुँ डाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

कास्की प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । आगलागी बस्ती नजिकै भएको कास्की प्रहरीले जनाएको छ ।

अहिले दमकलसहित प्रहरी, स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्