site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले मधेस प्रदेश सरकारमा 

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार नेपाली कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरी नेकपा (एमाले)लाई सरकारमा सामेल गराएका हुन् । 

मधेसमा कांग्रेसका तीन मन्त्री थिए । एमालेबाट संसदीय दलका नेता समेत रहेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । एमालेले पहिलो चरणमा यादवलाई मात्रै सरकारमा पठाएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्