site stats
बाह्रखरी :: Baahrakhari
खेल
आर्मीले जित्यो कोसी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिप

विराटनगर । प्रथम कोसी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार विराटनगरमा भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता कर्णालीले तीन लाख पायो ।

कर्णालीले दिएको १११ रनको लक्ष्य आर्मीले १२.२ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । आर्मीको जितमा तृतराज दासले अविजित ५०, इमरान शेखले ३८, सन्तोष कार्कीले २१ रनको योगदान गरे ।

कर्णालीका दिनेश अधिकारीले एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो । कर्णालीका विपीन रावलले २७, कप्तान रवीन्द्र शाही र मनीष थापाले समान २१ र दिनेश अधिकारीले १२ रन जोडे ।

आर्मीका तृतराज दास, वसिर अहमद, सहाब आलम र सुमित श्रेष्ठले समान दुई विकेट लिए ।

‘प्लेयर अफ दी टुर्नामेन्ट’ र ‘प्लेयर अफ दी फाइनल’ आर्मीका अलराउन्डर तृतराज दास घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आर्मीकै नितेश पटेल बने ।

गएको फागुन २२ गतेदेखि सुरु प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्