site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीमा बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । टर्कीले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलमा ३.७६ प्रतिशत र डिजेलको मूल्य २.६९ प्रतिशतले बढाइएको छ ।

प्रतिलिटर पेट्रोल र डिजेलको मूल्य क्रमशः ४२.०६ टर्किस लिरा (१.३१ अमेरिकी डलर) र ४१.८६ लिरामा सीमित गरिएको छ ।

नयाँ वृद्धिको पछाडि ब्रेन्ट क्रुडको बढ्दो मूल्य रहेको बताइएको छ । बिहीबार प्रतिब्यारेल ८५ डलरभन्दा माथि चार महिनाको उच्च बिन्दुमा पुगेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्