site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार राति टिपरले ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको ज्यान गएको हो ।

गम्भीर घाइते भएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमही–घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१७ सिस्ने खोला नजिकै उनलाई टिपरले  ठक्कर दिएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्