site stats
बाह्रखरी :: Baahrakhari
देश
ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगरपालिका 

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । 

प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरूसँग नाम पुष्टि गर्ने चरण पूरा गरेको छ । 

यो कामको प्रारम्भ पाँच वटा वडाबाट भएको छ । वडा नं. ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं. ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नं. ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं. १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नं. २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको छ ।

खोज कार्यबाट नर नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योर÷खास्ती (बौद्ध) मा ५० वटा, चाबही (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नामहरू अब प्रचलनमा ल्याइने बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्