site stats
बाह्रखरी :: Baahrakhari
देश
रामेछापको टार सिमन्तीमा आगलागी, १४ घर जले
प्रतीकात्मक तस्बिर ।

रामेछाप । रामेछाप नगरपालिका–९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेका छन् । आगलागीमा परी ६० भन्दा बढी बाख्रा र छवटा गाईभैँसी मरेका छन् ।

नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जंगलमा लागेको डढेलोका कारण आगलागी भएको स्थानीयले बताएका छन् । 

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो । अहिले आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ । अग्नि पीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्