site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुर जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, दुर्घटनामा परी एक शिशु, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

को१ज २५९३ नम्बरको जीप बिहीबार बिहान १०ः३० बजेतिर उदयपुरको बेलका नगरपालिका–७, बाखाकुवामा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना सवार थिए । क्षमताभन्दा बढी यात्री भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अरू मृतकको सनाखत हुन नसकेको बताए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्