site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखकलाई प्रधानमन्त्रीको जवाफ : प्रतिपक्षमा गएपछि निहुँ खोज्ने भए शान्ति प्रकृयाको काम कहिल्यै टुंगिदैन 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षमा पुगेपछि शान्ति प्रकृयाको काम कहिल्यै नटुंगिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकको रोस्ट्रमबाट विश्वासको मत माग्दै उनले शान्ति प्रकृयाको काम टुंगो लगाउने जिम्मेवारी कांग्रेसको पनि उत्तिकै भएको जिकिर गरे । 

“मलाई मनपर्ने दोस्रो तहको नेतामध्येका एक रमेश लेखकले बढो कलात्मक ढंगले अस्ति कुरा उठाउनुभयो,” उनले भने, “जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्यो भने त्यो कहिले टुंगिदैन । तर, नेपाली कांग्रेसले बाँकी काम टुंगोमा पुराउन आवश्यक छ । अब कांग्रेसले त्यही बाटो नपकडोस् । सहमतिले टुंगो लगाउ ।”
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्