site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी, मासिक साढे ७ लाख तलबको प्रलोभन

काठमाडौं । अमेरिका पठाउने आश्वासनमा ६० लाख रुपैयाँ ठगी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ का ३६ वर्षीय लोकबहादुर राउत रहेका छन् । उनी हाल काठमाडौंस्थित गोँगबुमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार राउतले पीडितहरूलाई अमेरिका जान प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने बताएका तिए । अमेरिकामा मासिक सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभन देखाएर उनी दुई जनाबाट ६० लाख रुपैयाँ लिएर फरार भएका थिए ।

राउतलाई गोँगबुबाट पक्राउ गरिएको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्