site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । तर, पार्टीले बझाङमा हुने उपनिर्वाचनमा भने भाग नलिने जानकारी दिएको छ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको चमतीमा भएको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको पार्टी महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

आगामी वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाअन्तगर्गत बझाङमा उपनिर्वाचन हुन लागेको हो । महामन्त्री ढकालका अनुसार आजको बैठकले पाँच निर्णय गरेको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगमा सदस्य मनोनयन र केन्द्रीय जनसम्पर्क विभाग इश्रामुल्ला मियाको नेतृत्वमा गठन गरेको छ ।

rawopa-1710157228.png
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्