site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथ खनाल भन्छन्– यो सरकारलाई दायाँबायाँ गर्ने छुट छैन 
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ सत्ता समीकरण सकारात्मक परिवर्तन भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता समेत रहेका खनालले नयाँ समीकरणलाई समकालीन राजनीतिक परिस्थितिमा आएको महत्वपूर्ण सकारात्मक परिवर्तन भनेका छन् । 

“वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको थियो । मुलुकको राजनीतिक कोर्स बदल्नुपर्छ भन्ने माग प्रबल बनिरहेको थियो । त्यही जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै यो बाम लोकतान्त्रिक शक्तिहरूको नँया सरकार बनेको छ,” विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “यो सरकार बन्दा आज आमजनतामा नयाँ आशाको सञ्चार भएको छ । मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन् ।” 

जटिल अवस्थामा अहिलेको सरकार बनेको भन्दै खनालले यसलाई दायाँबायाँ गर्ने कुनै छुट नरहेको बताएका छन् । यद्यपि, सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेको उनको दाबी छ । 

“वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिप्रति गम्भीर बन्दै सरकारमा रहेका सबै घटकमाझको नीतिगत एकतालाई बलियो बनाउन मिटरव्याजपीडित र दुग्ध किसानहरूका समस्या तुरुन्त समाधान गर्नुपर्छ ।”    

1-1709955764.jpg
 

2-1709955741.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्