site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानमा ‘जनयुद्ध’ शब्द थप गर्न सांसदको माग
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की मीना तामाङले संविधानमा ‘जनयुद्ध’ शब्द थप गर्न माग गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संविधानको प्रस्तावनामा सशस्त्र संघर्षअघि जनयुद्ध शब्द थप्न सरकारसँग माग गरेकी हुन् । 

“नयाँ मन्त्रीमण्डलबाट यस गरिमामय सदनबाट अनुमोदन हुने गरी अन्तरिम संविधान २०६३ को प्रस्तावनाको मर्म सम्बोधन हुने गरी संविधान ०७२ को प्रस्तावनामा सशस्त्र संघर्षभन्दा अगाडि जनयुद्ध भन्ने शब्द थप गरियोस्,” उनले भनिन् । जनयुद्धको उच्च सम्मान गर्न माग गरिन् । उनले प्रक्रिया पुगेकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरिन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्