site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता शनिबारदेखि 

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा शनिबारदेखि ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा हुने प्रतियोगितामा पुरुष र महिला दुई विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमले सहभागिता जनाउने संघले जनाएको छ । प्रतियोगितामा बंगलादेशबाट बंगलादेश नेभी र बंगलादेश विश्वविद्यालय क्लबले सहभागी हुनेछन् । 

Argakhachi Cement Island Ad

प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने आयोजकले बताए । 

दुवैतर्फको सर्वोकृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् तर एक पटकमा एकजनालाई मात्र कोर्टमा उतार्न पाइनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्