site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार काम गर्न नयाँ गठबन्धन : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

आज साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरूबीच सहमति भएको बताए ।

बालुवाटार बैठकमा चार दलबीच विभिन्न आठ बुँदामा सहमति भएको छ । सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन् ।

रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उमेदवार र उपाध्यक्षमा नेकपा (एमाले) का उमेदवार समर्थन गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २३:२४
प्रतिक्रिया दिनुहोस्