site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता गठबन्धनले साझा न्यूनतम कार्यक्रम बनाउने

काठमाडौं । सत्ता गठबन्धनबीच साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति भएको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरूबीच सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति भएको हो ।

दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने सहमति भएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्