site stats
बाह्रखरी :: Baahrakhari
देश
हुण्डीको पाँच लाख रुपैयाँसहित पाँचजना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं ।  प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बाराको कलैयाका आसिफ मनि चेन्जर, महागढीमाईका मेराजुल हक अंसारी, भारत मोतीहारीका रंजित सराफ, सोहीका कृष्णलाल प्रसाद  र रविशंकर सिंह छन् ।

उनीहरूको साथबाट प्रहरीले पाँच लाख रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्