site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री के गर्दै हुनुहुन्छ, कहाँ लैजाँदै हुनुहुन्छ हामी हेर्दैछौँ : कांग्रेस
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको राजनीतिक खेल नियालिरहेको बताएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले सो जानकारी दिए । 

उनले भने, “प्रधानमन्त्रीले के गर्न चाहिरहनुभएको छ । नयाँ सरकार बनाउनुको पछाडिको दृष्टिकोण के हो, के कारणले यसो गर्न खोज्नुभएको हो । यो सबै आएपश्चात् हामीले हाम्रो धारणा सार्वजनिक गर्नेछौँ,” उनले भने । 

शर्माले भोलि दिउँसो ३ बजेलाई कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्