site stats
बाह्रखरी :: Baahrakhari
देश
सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
प्रतिकात्मक तस्बिर ।

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अछामको कमलबजार नगरपालिका–६ घर भइ हाल काठमाडौंको कलंकी बस्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका–२ का नवराज भट्ट छन् ।

Argakhachi Cement Island Ad

उनीहरूले फागुन ६ मा परिषद्को केन्द्रीय कार्यालय सानोठिमीस्थित कार्यकक्षमै प्रवेश गरेर अधिकारीमाथि दुर्व्यवहार गरेका थिए ।

उनीहरूलाई भक्तपुर प्रहरीले आइतबार बिहान ठिमीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्