site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रीय अध्यक्ष शेर्पाको राजीनामा माग, महाधिवेशनका लागि प्रतिनिधि खटाउने 

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को इतर समूहले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेको छ । समूहको फागुन १५ र १६ गते महाराजगंजमा बसेको बैठकले शेर्पाको राजीनामा माग गर्ने निर्णय गरेको समूह नेतृ तथा केन्द्रीय सदस्य करिना पुरीले जानकारी दिइन् । 

तदर्थ समितिका अध्यक्ष शेर्पाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेकाले बैठकले राजीनामा माग गरेको पुरीले जानकारी दिइन् । 

“उहाँले विभिन्न जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिसँगको सल्लाह, समन्वय र सिफारिसविपरीत मनोमानी ढंगले नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारीको पत्र दिएकोले मातृपार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरी मनोमानी ढंगले संगठनमा निर्णय गर्ने नेवि संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाको राजीनामाको माग गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको छ,” उनले भनिन् । 

यस्तै, बैठकले संघको विधिवत १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि देशभरका जिल्लाहरूमा सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि नेविसंघ केन्द्रीय तदर्थ समितिका सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय सर्वसम्मतिले गरेको उनले जानकारी दिइन् । 

यस्ता छन् निर्णयहरू :

Nebi-sang-1709119027.png

Nebi-sang1-1709119028.png

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्