site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरभित्रका ५२ अस्पतालमा ३८५ शैया निःशुल्क, कुनमा कति ? 
वीर अस्पताल । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन् । 

ती अस्पतालले १० प्रतिशतका दरले ३८५ वटा शैया विपन्न असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनेछन् । सो सेवा फागुन १ गतेदेखि सुरु भइ बिरामीले निःशुल्क उपचार गराउन समेत थालेको महानगरको स्वास्थ्य विभागकी  निमिक्त प्रमुख सजिना महर्जनले बताइन् । 

क–कसले पाउँछन् निःशुल्क सेवा ? 
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शैया छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । 

महानगरले सोही व्यवस्थामा टेकेर ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० तयार पारेको हो । जसअनुसार निःशुल्क उपचार सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिले पनि मापदण्डबमोजिम आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउनेछन् । 

निःशुल्क सेवा लिन के गर्नुपर्छ ? 
कार्यविधिअनुसार लक्षित वर्गले तोकिएको निःशुल्क सेवा लिन तीनवटा विधि तोकिएको  छ । विपन्न परिचयपत्र भएका बिरामीले सिधै अस्पताल पुगेर परिचयपत्रका आधारमा सेवा लिनसक्छन् । 

यस्तै, विपन्न परिचयपत्र नभएका नागरिकले आफू बसोबास गरिरहेको वडाको सिफारिसका आधारमा सेवा लिन सक्छन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचिएको फोटो, रोग पहिचान भए सोको कागजपत्र र सम्बन्धित वा कार्यालयको सिफारिस आवश्यक हुन्छ ।

यी दुवै कागजात नभएको अवस्थामा आफू विपन्न भएको प्रमाणसहित महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण इकाइमा सम्पर्क गर्न सक्नेछन् । 

इकाइले विपन्नताको प्रमाणका आधारमा अस्पताललाई सिफारिस गर्नेछ । बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिनेछ ।

अनलाइनबाटै पाइन्छ अस्पताल र शैयाबारे जानकारी 
निःशुल्क उपचार सेवालाई पारदर्शी र व्यवस्थित गराउन महानगरले http://freehealth.kathmandu.gov.np/ मार्फत अनलाइन सेवा दिने व्यवस्था गरेको छ । 

कुन अस्पतालमा कति शैया निःशुल्क 
महानगरको निःशुल्क उपचार सेवा प्रणालीमा फागुन १५ गतेसम्म ५५ वटा अस्पताल सूचीकृत भएका छन् । तीमध्ये ५२ वटाले सेवा सुरु गरेको महानगरको स्वास्थ्य विभागकी निमिक्त प्रमुख सजिना महर्जनले बताइन् ।

हालसम्म सूचीकृत अस्पताल र तिनमा उपलब्ध निःशुल्क शैयाको विवरण यस्तो छ । 

अस्पतालको नाम निःशुल्क शैया
क्षेत्रपाटी निःशुल्क अस्पताल
काठमाडौं मोडेल अस्पताल १०
अन्नपूर्ण न्युरो अस्पताल
बीपी स्मृति सामुदायिक अस्पताल १० 
भरोसा अस्पताल
ब्लुक्रस अस्पताल ५ 
चिरायु अस्पताल १० 
इआरए इन्टरनेसनल अस्पताल
एभरेष्ट अस्पताल  १०
फ्रन्टलाइन अस्पताल १० 
ग्रान्डीसीटी अस्पताल ५ 
हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल १०
हिमाल अस्पताल
होप इन्टरनेसनल अस्पताल   १०
बालमैत्री अस्पताल
कालीमाटी चेस्ट अस्पताल
कान्तिपुर डेन्टल अस्पताल १० 
कान्तिपुर अस्पताल १०
काठमाडौं इएनटी अस्पताल
काठमाडौं मेडिकल कलेज ३०
महेन्द्रनारायण निधि मेमोरियल अस्पताल १०
मनमोहन मेमोरियल मेडिकल कलेज ३० 
मेडिकेयर अस्पताल  १०
मेट्रो काठमाडौं अस्पताल 
राष्ट्रिय मिर्गौला केन्द्र
नेपाल आँखा अस्पताल  १०
नेपाल नेसनल अस्पताल  
नर्भिक इन्टरनेसनल अस्पताल २०
ओम अस्पताल १८
ओम साइबाबा मेमोरियल अस्पताल
ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल अस्पताल
पिपुल्स डेन्टल अस्पताल
प्राइमेरा अस्पताल
सहिद मेमोरियल अस्पताल १०
समता अस्पताल   १०
सिल्भरलाइन अस्पताल १०
स्तुपा सामुदायिक अस्पताल
स्वाक्यान इन्टरनेसनल अस्पताल
भ्याली अस्पताल  
बयोधा अस्पताल 
बुद्धमाइ सेन्टर
दीर्घायु गुरु अस्पताल
काठमाडौं भ्याली अस्पताल १० 
मार्क अस्पताल
मदरल्याण्ड अस्पताल
नेपाल भारत मैत्री अस्पताल १०
नेपाल स्किन अस्पताल
स्पार्क हेल्थहोम
तिलगंगा आँखा अस्पताल
भेनस अस्पताल
यति अस्पताल
क्यापिटल अस्पताल

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्