site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–११, तिनघरे बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई सोमबार ठक्कर दिएको थियो । 

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बोमबहादुर लुंगेली मगर रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बी एन्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्