site stats
बाह्रखरी :: Baahrakhari
देश
मिटरब्याज पीडितको वार्ता टोली गठन, सरकारसँग सुरु भयो छलफल
मिटरब्याज पीडित ।

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले वार्ता टोली गठन गरेको छ । सरकारसँग वार्ता गर्न संघर्ष समितिले अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै आजैबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको छ ।

विभिन्न माग बोकेर मिटरब्याज पीडित काठमाडौं आएका छन् । उनीहरूले दिनहुँ आन्दोल गरिरहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्