site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पदम गिरीको प्रश्न : सुशासन र जनताको सवालमा विषय उठाउँदा सरकार किन उदासीन ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले प्रतिपक्षीलाई उत्तेजित नबनाउन आग्रह गरेका छन् । सदनमा आएर प्रतिपक्षीले उठाएको विषयमा जवाफ दिन सरकारसँग माग समेत गरेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासन र जनताको सवालमा विषय उठाउँदा सरकार किन उदासीन भएको भन्दै प्रश्न गरे । 

उनले विगत ६ गतेदेखि उठाएको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । “देशको सुशासनको मामिलामा सरकारले दायाबायाँ गर्ने छुट छैन । सरकारले यसको जवाफ दिनुपर्छ । नभए कसरी लोकतन्त्र चल्छ ?,” उनले भने ।

उनले मिटरब्याजपीडितहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले यस विषयमा ध्यानाकर्षण भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्