site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रकृति संरक्षण साझा चासो र चुनौती : राष्ट्रपति पौडेल  
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावणीय चुनौतीहरू शिखरमा उभिएको बताए । 

राष्ट्रपति पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्म विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म जानु पर्नेमा जोड दिए । 

राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्