site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबियाविरुद्ध सोमपालले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २१औँ ओभरमा तेस्रो र चौथो विकेट गुमाएको हो । नेपालका सोमपालले २०.३ मा गेरहार्ड इरास्मस र सोही ओभरको अन्तिम बलमा जान फ्रयांकलिनलाई पभेलियनको दिशा दिलाए । इरास्मसले आठ र फ्रयांकलिनले ३४ रन बनाए ।

जारी खेलको २२ ओभर समाप्त हुँदा नामिबियाले चार विकेट गुमाएर ८२ रन बनाएको छ । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्