site stats
बाह्रखरी :: Baahrakhari
देश
गौशालामा महिला र टोखामा युवकको हत्या आरोपित पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको गौशाला र टोखामा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

गौशालाको विजयचोकस्थित एउटा गेस्टहाउसमा रामेछापकी प्रमिला दमाईंको हत्या गरिएको थियो । टोखामा ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको हत्या गरिएको थियो ।

Argakhachi Cement Island Ad

दुवै ठाउँका फरक–फरक हत्या आरोपितलाई काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार पक्राउ गरेको स्रोतले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, प्रमिलाको हत्या दोलखाका युवकले गरेको खुलेको छ । उनलाई बानेश्वरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विवाहेतर सम्बन्धका कारण प्रमिलाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दुवैजनाको शव प्रहरीले शनिबार फेला पारेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्