site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरका युवकको हत्या आरोपमा प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरका राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले एक प्रहरी सहायक हवल्दारसहित दुईजनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–३ का २८ वर्षीय रानाको शव पाँच महिनाअघि गएको असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो ।

Argakhachi Cement Island Ad

रानाको हत्या आरोपमा कञ्चनपुर प्रहरीले केही दिनअघि कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये चौधरी प्रहरी सहायक हवल्दार हुन् ।

पीडित आफन्तजनले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्