site stats
बाह्रखरी :: Baahrakhari
देश
विमानस्थल घटनाबारे गृहमन्त्रीले भने– प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा  एकदमै लज्जास्पद भएको बताएका छन् । 

आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनापछि तत्काल छानबिन समिति गठन गरिएको बताए । 

“घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ,” गृहमन्त्री श्रेष्ठले भने, “पहिला अपराध अनुसन्धानले छानबिन गर्‍यो, त्यसपछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको छ ।” 

उनले सो घटनामा कुटपिटमा संलग्नलाई पक्राउ गरिएको, असइलाई निलम्बन गरिएको र दुई प्रहरीलाई निलम्बन गरिएको बताए । 

उनले अब अटोमेसनमा काम हुने व्यवस्था मिलाउने बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्